सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा भारू ५७ लाखको सामान बरामद

२०८३ साउन १, ०८:०३ नारायण अवस्थी

धनगढी: भारतीय भन्सारका अधिकारीहरूले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भारतीय रुपैयाँ ५७ लाखको दाल, काली मिर्च र लत्ताकपडा बरामद गरेका छन्। भन्सार अधिकारीहरूले बिहीबार गौरीफन्टा नाकामा चेकजाँचको क्रममा चनाको दाल लोड गरिएको ट्रकबाट लत्ताकपडा र काली मिर्च बरामद गरेका हुन्।

भारतीय अधिकारीले दिएको जानकारीअनुसार आरजे ११ जिसी २१०५ नम्बरको ट्रकबाट बिलबिजक बिनाको कमिज, पैन्ट, बाल मिक्सर र बिब कोक र काली मिर्च बरामद गरेका हुन्।

भारतको दिल्लीबाट धनगढी हुँदै काठमाडौँ जान लागेको ट्रकलाई गौरीफन्टा नाकामा जाँच गर्दा ट्रकभित्र लुकाई छिपाइ राखेको अवस्थामा एक हजार ६२० पिस जेन्स सर्ट, ३८७ पिस जेन्ट्स पैन्ट, २१६ पिस ओरिओन ब्रान्ड बाल मिक्सर र ९८० पिस ओरिओन ब्रान्ड बिब कोक बरामद गरिएको भारतीय भन्सार अधिकारीले जानकारी दिए।

सोही ट्रकमा १८ हजार किलोग्राम चनाको दालभित्र  १९ क्वीन्टल काली मिर्च ल्याएको फेला परेको थियो।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस