सुदूर नेपाललाई विश्वसँग जोड्दै

सदाचारका लागि सामाजिक पहल धनगढीको अध्यक्षमा जोशी

२०८३ असार ३२, १०:०९ खबर संवाददाता

धनगढी: "सदाचारका लागि सामाजिक पहल" संस्थाको छैटौं शाखा अधिवेशनबाट कैलाली शाखाको अध्यक्षमा पद्मकान्त जोशी निर्वाचित भएका छन्।

बिहीबार भएको अधिवेशनबाट जोशीको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन भएको हो।

संस्थाको उपाध्यक्षमा जयराज जोशी, सचिवमा गगन घिमिरे, कोषाध्यक्षमा शिवप्रसाद पौडेल तथा सदस्यमा रन्ता विष्ट, केदारदत्त भट्ट, यज्ञराज पाण्डेय, कमलराज जोशी र माधव भट्ट निर्वाचित भएका छन्।

संस्थाका उपाध्यक्ष जयराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख नरेश पन्त प्रमुख अतिथि थिए भने निर्वतमान अध्यक्ष कैलाश दाहाल निर्वाचन संयोजक रहेका थिए।

संस्थाले भ्रष्टाचार विरुद्ध काम गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस