सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार पूर्वाधार विकास कार्यालय कैलालीमा आएका महिलाहरूले मागे माफी

२०८३ असार ३२, ०५:४४ खबर संवाददाता

धनगढी: बुधबार पूर्वाधार कार्यालय कैलालीमा धनगढी-५ शान्तिनगर टोलका महिलाहरूहरूले गालीगलौज र तोडफोड गरेको भन्दै पूर्वाधार विकास कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि दुबै पक्षबीच समझदारी भएको छ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार भएको छलफलमा बुधबार कार्यालय पुगेका महिलाहरूले आवेगमा आएर अपशब्द बोल्दै सूचनापाटी र सुझाव  पेटिकामा तोडफोड हुन पुगेको स्वीकार गरेका हुन्।

पूर्वाधार कार्यालय कैलालीका प्रमुख डिभिजनल इन्जिनियर दीपक नेगीले कार्यालयमा आएर तोडफोड गर्दै  गालीगलौज गरेको भन्दै स्थानीय दुर्गा भट्टसहितका १०/१२ जना महिलाको नाममा उजुरी दर्ता गरेका थिए।

त्यसपछि भएको छलफलमा महिलाहरूले आफूहरूले गरेको कार्यमा गल्ती भएको स्वीकार गर्दै माफी मागेपछि मिलापत्र भएको डिभिजनल इन्जिनियर नेगीले दिनेशखबरलाई बताए।
महिलाहरूले अब उप्रान्त कुनै पनि सरकारी कार्यालयमा प्रवेश गरी उच्छृङ्खल क्रियाकलाप नगर्ने सहमति गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। महिलाहरूले आफूहरूको तर्फबाट गल्ती भएको स्वीकार गरेपछि दुबै पक्षबीच सहमति भएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस