सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगङ्गामा सामुदायिक वनको भवनमा आगजनी प्रकरण: छानबिनमा ढिलाइ भएको भन्दै तालाबन्दी

२०८३ असार ३२, ११:३७ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगङ्गा नगरपालिका–३ स्थित केदारेश्वर सामुदायिक वनको भवनमा भएको आगजनी घटनाको छानबिनमा ढिलासुस्ती भएको आरोप लगाउँदै स्थानीय युवा मनिष साउँदले तालाबन्दी गरेका छन्।

साउँदका अनुसार आगजनी भएको लामो समय बितिसक्दा पनि घटनाको निष्पक्ष र प्रभावकारी छानबिन हुन नसकेको तथा दोषीलाई जोगाउने प्रयास भइरहेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको हो। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीयवासीले पनि आगजनीजस्तो गम्भीर घटनाको छानबिन पारदर्शी, निष्पक्ष र छिटो सम्पन्न हुनुपर्ने धारणा व्यक्त गरेका छन्। सामुदायिक वनको भवनमा गत जेठ ५ गते राति अज्ञात व्यक्तिहरूले आगजनी गरेका थिए। घटनामा संलग्नहरूको पहिचान गर्न ध्यान नदिएको भन्दै आक्रोशित युवाले तालाबन्दी गरेको बताएका छन्।

कमेन्ट लोड गर्नुस