सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्युटीमा फर्किए महानगर प्रहरी

२०८३ असार ३१, ०२:४५ खबर संवाददाता

काठमाडौँ: काठमाडौँ महानगरपालिकाअन्तर्गत कार्यरत नगर प्रहरी आजदेखि पूर्ण रूपमा नियमित ड्युटीमा फर्किएका छन्।

गत असार २७ गते मुगुका गणेश नेपालीले ट्राफिक कारबाहीका क्रममा भएको विवादपछि आत्मदाहको प्रयास गरेका थिए। घटनापछि अनुसन्धानका लागि नेपाल प्रहरीले तीन जना नगर प्रहरीलाई पक्राउ गरेको थियो।

उक्त घटनालगत्तै नगर प्रहरीले सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउने तथा टहलगस्ती गर्ने काम स्थगित गरेका थिए। पछि उपचाररत गणेश नेपालीको वीर अस्पतालमा निधन भएपछि घटनाप्रति थप आलोचना भएको थियो।

हिजो मंगलबारदेखि सीमित रूपमा सडकमा खटिन थालेका नगर प्रहरी आजदेखि भने पूर्ण रूपमा नियमित ड्युटीमा फर्किएका हुन्। अहिले उनीहरू न्युरोडलगायतका क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउने कार्यमा सक्रिय छन्।
 

कमेन्ट लोड गर्नुस