सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालकको शव फेला

२०८३ असार २९, ०६:५४ खबर संवाददाता

सप्तरी– सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।

सप्तरी प्रहरीका अनुसार गत आइतबार साँझ करिब ५ बजे कञ्चनरूप–८ निवासी रविन्द्र प्रमाणीका १० वर्षीय छोरा पंकज प्रमाणी साथीहरूसँग नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनाबारे परिवारजनले विपद् व्यवस्थापन बेस भारदहलाई जानकारी गरेपछि सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्की नेतृत्वको उद्धार टोली खोजीका लागि खटेको थियो । बेपत्ता बालकको खोजीका लागि चन्द्र नहरको पानी बन्द गरिएको थियो ।

खोजीका क्रममा  बालक नुहाएको स्थानभन्दा करिब ७५ मिटर दक्षिणतर्फ उनको शव फेला परेको कार्कीले बताए ।

मृतक बालकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस