सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस काउन्सिल अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

२०८३ असार २९, ०५:५० खबर संवाददाता

काठमाडौं: सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।

श्रेष्ठ  पछिल्लो समय नेपालफ्याक्टचेको सम्पादको रुपमा कार्यरत थिए । पत्रकारिता तथा आमसञ्चारमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठ  पछिल्ला वर्षहरूमा  मिथ्या सूचनाहरूको तथ्यजाँच र प्रशिक्षकको काम गरिरहेका व्यक्ति हुन् । मिडिया नीतिका  जानकार उनले  सिएमआर नेपाल जर्नालिजम एकेडेमीको प्रमुख प्रशिक्षकका रूपमा पत्रकारहरूलाई डिजिटल अनुसन्धान, डाटा पत्रकारिता, र एआईको प्रयोगबारे तालिम दिँदै आएका थिए ।

 

कमेन्ट लोड गर्नुस