कैलालीको सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद
धनगढीः कैलालीको कैलारी गाउँपालिकास्थित एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रवार प्रहरी टोलीले कैलारी गाउँपालिका–५ स्थित पवेरा सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीले उक्त बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएको जनाएको छ। बरामद गरिएको बन्दुकको स्रोत र प्रयोगबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।