सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना

२०८३ असार २३, ०९:५६ खबर संवाददाता

काठमाडौं: सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ।

पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ। पुर्जी बुढानीलकण्ठमा रहेको देउवाको घरमा पनि टाँस गरिएको छ। विभागले जयवीरका बुबासहित आमा आरजुलाई यसअघि नै बोलाइसकेको छ। देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराएका थिए।

कमेन्ट लोड गर्नुस