सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिवाइडीको अत्याधुनिक शोरुम र सर्भिस सेन्टर सञ्चालन

२०८३ असार २०, ०८:३९ खबर संवाददाता

धनगढी:विश्वप्रसिद्ध इलेक्ट्रिक सवारीसाधन ब्रान्ड बिवाइडी (BYD) को धनगढीस्थित आधिकारिक डिलर मोटोकर्पले अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकले विद्युतीय सवारीको खरिददेखि बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) सम्म स्थानीयस्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा निर्माण गरिएको शोरुमको शुक्रबार आयोजित एक समारोहबीच नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्कका सेल्स एण्ड बिजिनेस हेड आशुतोष गौतमले उद्घाटन गरे।

कार्यक्रममा बोल्दै गौतमले नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढ्दै गएको उल्लेख गर्दै गुणस्तरीय सेवा विस्तारका लागि देशका विभिन्न क्षेत्रमा आधुनिक शोरुम तथा सर्भिस सेन्टर स्थापना गरिँदै आएको बताए। धनगढीमा नयाँ केन्द्र सञ्चालनमा आउनुले सुदूरपश्चिमका ग्राहकलाई अझ छिटो, भरपर्दो र सहज सेवा उपलब्ध हुने विश्वास उनले व्यक्त गरे।

मोटोकर्पका प्रतिनिधि पुष्कर ओझाले नयाँ शोरुम तथा सर्भिस सेन्टर सञ्चालनले धनगढीसहित समग्र सुदूरपश्चिममा वातावरणमैत्री यातायातको विस्तार, दिगो प्रविधिको प्रवर्द्धन र विद्युतीय सवारीको प्रयोगलाई थप प्रोत्साहन मिल्ने बताए। ग्राहकलाई एउटै स्थानबाट बिक्री, मर्मतसम्भार तथा प्राविधिक सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक पूर्वाधारसहित केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

नयाँ शोरुम सञ्चालनसँगै सुदूरपश्चिमका ग्राहकले बिवाइडीका नवीनतम मोडेल अवलोकन, खरिद तथा आवश्यक मर्मतसम्भार र प्राविधिक सेवा स्थानीयस्तरमै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस