सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा किराना पसलको र्‍याकभित्र चरेस, सञ्चालक सिंह पक्राउ

२०८३ असार १८, ०७:४५ खबर संवाददाता

बझाङः बझाङको जयपृथ्वी नगरपालिका–६ नौरामा चरेससहित एक जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीय बिमल कुमार सिंह (३२ वर्ष) को किराना पसलमा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा बिस्कुट राख्ने र्‍याकभित्र खैरो कागजमा लुकाइछिपाइ राखिएको अवस्थामा शुद्ध ३५.७८ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस