सवारी दुर्घटनामा प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख राना मगरको निधन
२०८३ असार १४, ११:२०
धनगढीः प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा सवारी दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर ५० वर्षीय मिनराज राना मगरको निधन भएको छ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपमेयर राना मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ।
कमेन्ट लोड गर्नुस