कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला
२०८३ असार ११, ०६:४०
कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–७ ठुलो सिंहपुर बस्ने ५५ वर्षीय विर प्रसाद चौधरी मृत फेला परेका हुन्। चौधरी घरबाट २ किलोमिटर टाढा आफ्नै खेतमा वुधबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस