सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चरेश र ५ सय वटा सुकाएका गाँजाका बोटसहित एक जना पक्राउ

२०८३ असार ७, ०७:३८ खबर संवाददाता

अछामः अछाममा चरेश र ५ सय वटा सुकाएका गाँजाका बोटसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका–८ ग्यानेगैडी स्थित सोही ठाउँ बस्ने ५७ वर्षीय भैरव प्रसाद भाट पक्राउ परेका हुन्। भाटले संचालन गरेको किराना तथा चिया नास्ता पसलबाट ८ ग्राम १९० मिलिग्राम चरेश र ५०० वटा सुकाएका गाँजाका बोटसहित उनलाई प्रहरीले शनिवार पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा प्रहरी चौकी मंगलसेन, अछामबाट खटिएको प्रहरीले निजको पसल खानतलासी गर्दा पसल भित्र रहेको टेवल भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कमेन्ट लोड गर्नुस