सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर प्रहरीको जेठ महिनाको प्रगति विवरण: ५३ लाखभन्दा बढीको अवैध भन्सार छलीका सामान बरामद

२०८३ असार ३, ०३:०४ खबर संवाददाता

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जेठ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। 

सीमा नाकाबाट हुने राजस्व चुहावट नियन्त्रण गर्ने क्रममा कञ्चनपुर प्रहरीले जेठ महिनामा व्यापक सक्रियता देखाएको छ। अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा प्रहरीले अन्दाजी रु ५३ लाख ६४ हजार ८ सय ९५ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सामान अवैध ओसारपसारमा संलग्न २ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

८२ सवारी दुर्घटना, १६२ जना घाइते
सवारी दुर्घटनातर्फ जेठ महिनामा कञ्चनपुरमा साना-ठूला गरी कुल ८२ वटा दुर्घटनाहरू भएका छन्, जसमा ५७ वटा सवारी साधनहरू संलग्न थिए।यी दुर्घटनाहरूमा परी कसैको पनि मृत्यु भएको छैन। तर, दुर्घटनामा परि १६२ जना मानिस घाइते भएका छन्, जसमध्ये ४० जनालाई प्रहरीले तत्काल उद्धार गरेको थियो।

दुर्घटनाको कारण विश्लेषण गर्दा ८१ वटा दुर्घटना चालकको लापरबाहीका कारण र १ वटा दुर्घटना सवारी साधनको प्राविधिक गडबडीका कारण भएको देखिएको छ। ट्राफिक नियम मिच्ने ७५३ वटा सवारी साधनलाई कारबाही गरी रु ५ लाख ४५ हजार राजस्व संकलन गरिएको छ।

कमेन्ट लोड गर्नुस