सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, उपचारका लागि नेपालगञ्ज रिफर

घटनास्थल
घटनास्थल
२०८३ असार १, ०१:२० खबर संवाददाता

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइमा धारिलो हतियार (चक्कु) प्रहारबाट एक महिला घाइते भएकी छन्।

आइतवार राति करिब १:३० बजे ३६ वर्षीया ठुमरा विष्ट आफ्नै घरकोठामा सुतीरहेको अवस्थामा अपरिचित व्यक्तिले भान्सा कोठामा बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको बाजुरा प्रहरीले जनाएको छ।

घटनापछि घाइते महिलालाई प्रहरी टोलीले उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्‍याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज, बाँके रिफर गरिएको छ। घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाका बेला घाइतेसँग उनका बुवा समुन्द्र बुढा रहेका थिए। आक्रमण गर्ने व्यक्तिको नाम, थर र वतन खुल्न नसकेको तथा हाल खोजतलास र अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस