सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट पत्रकार भट्ट पक्राउ

२०८३ जेठ ३१, ०५:४७ खबर संवाददाता

धनगढीः कैलाली प्रहरीले पत्रकार दीपेन्द्र भट्टलाई पक्राउ गरेको छ। उनलाई आइतबार धनगढीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार विद्युतीय कारोबारसम्बन्धी दर्ता भएको उजुरीका आधारमा भट्टलाई पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

भट्ट सामाजिक सञ्जालमार्फत विभिन्न अनियमितता तथा सार्वजनिक सरोकारका विषयहरू उठाउँदै आएका पत्रकारका रूपमा परिचित छन्।

प्रहरीले उजुरीको विषय र आरोपका सम्बन्धमा थप विवरण भने सार्वजनिक गरेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस