सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

२०८३ जेठ ३१, १२:२४ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ।

गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी रु चार हजार ८४० मा कारोबार भएको थियो। गत शुक्रबार रु चार हजार ८९५मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस