डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका धनगढीका एक जना पक्राउ
२०८३ जेठ ३०, ०७:०६
धनगढीः डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका कैलालीको धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र ३३ हजार ७५० जरिवाना तोकिएको धनगढी उपमहानदगरपालिका–१८ बस्ने ३२ वर्षीय रमेश खड्का पक्राउ परेका हुन्। खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस