बझाङका ४८ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११–१२ छात्रवृत्ति
धनगढीः धनगढी उपमहानगरपालिकाले प्रदान गरेको कक्षा ११–१२ छात्रवृत्तिअन्तर्गत बझाङ जिल्लाका ४८ जना विद्यार्थी छनोट भएका छन्।
बझाङबाट विज्ञान संकायतर्फ १७, व्यवस्थापनतर्फ १८, शिक्षातर्फ ३, मानविकीतर्फ १, कानूनतर्फ ४ तथा होटल म्यानेजमेन्टतर्फ ६ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन्। जिल्लाबाट व्यवस्थापन र विज्ञान संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।
छात्रवृत्ति कार्यक्रमले दुर्गम जिल्लाका विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर दिलाउन महत्वपूर्ण योगदान पुर्याएको छ।