राष्ट्रिय सुटिङ च्याम्पियनसिपमा सुदूरपश्चिमका सुनिल चन्दलाई रजत पदक
धनगढी: २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप २०२६ अन्तर्गत पुरुष १० मिटर एयर राइफल विधामा सुदूरपश्चिम प्रदेशका खेलाडी सुनिल चन्दले रजत पदक जितेका छन् ।
जेठ २५ गते सम्पन्न फाइनल प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका हुन्। देशभरका खेलाडी सहभागी रहेको प्रतियोगितामा सुनिलले आफ्नो क्षमता र मेहनतको बलमा यो सफलता हात पारेका हुन्।
उनको उपलब्धिले सुदूरपश्चिम प्रदेशको खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको छ। खेलप्रेमी तथा प्रदेशवासीहरूले सुनिललाई बधाई दिँदै आगामी प्रतियोगिताहरूमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेका छन्।