सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ। कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्थास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ।
“प्रदेश सरकारले खोप खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो। अहिले दुई–तीन महिनायता त्यही खोपले सहजता भयो”, जोशीले भने।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिममा निःशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताए। तर,उनले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्रीवितरण भइरहेको बताए।
त्यसैगरी, प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने उक्त खोप आपूर्ति हुन नसकेको र अझै केही समय लाग्ने पत्रमा उल्लेख छ।
त्यस्तै गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले खोप व्यवस्थापन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई आग्रह गरको छ।