सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू

२०८३ जेठ २२, ०२:५७ रासस

बैतडीः बैतडीको पाटन नगरपालिकाले शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राख्दै ‘एक वडा एक नमुना विद्यालय’ कार्यक्रम लागू गरेको छ। 
    
उक्त कार्यक्रमका लागि नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले जानकारी दिए।
    
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पञ्चवर्षीय योजना निर्माण प्रक्रिया अघि बढेसँगै नमुना विद्यालयले अनिवार्य पालना गर्नुपर्ने मापदण्ड निर्धारण गरेको तयार सामाजिक विकास समिति संयोजक हरिश विष्टले जानकारी दिए।
  
मापदण्डअनुसार शिशु कक्षादेखि नै शैक्षिक सामग्रीको सुनिश्चितता, शिक्षण सिकाइ तथा ‘सिकाइ चौतारी’को प्रयोग अनिवार्य गरिएको छ। 

विद्यालयले अघिल्लो शैक्षिकसत्रको स्व–मूल्याङ्कन र समीक्षा गरी नतिजा सार्वजनिक गर्नुपर्ने मापदण्डमा उल्लेख छ। 
    
त्यसैगरी, ई–हाजिरी शिक्षकको उपस्थिति व्यवस्थापन, अध्यक्ष–प्रधानाध्यापक–शिक्षकबीच कार्यसम्पादन करार सम्झौता र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मापदण्डअनुसार स्व–मूल्याङ्कन गर्ने प्रावधान छ। 

कमेन्ट लोड गर्नुस