सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट फर्किपछि माछापालनः लाखौँ आम्दानी गर्दै लालझाडीका ‘चौधरी’

२०८३ जेठ २१, ०१:२६ रासस

महेन्द्रनगर: सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्केर माछापालनमा व्यस्त छन्। 

जिल्लामा माछा पालेर नाम कमाएका उनलाई उत्कृष्ट किसानका रुपमा यही जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट रु दुई लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाउनुभएका उहाँकोे कृषिप्रतिको लगाव अझ बढेको छ। उनले १५ जनालाई रोजगारी दिएका छन्।

“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ।” उनले भने, “अब गाउँका युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने व्यवसाय सञ्चालन गर्ने योजनामा छु।”
    
सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछापोखरी बनाएर मत्स्य उत्पादनमा लागेका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछापालन गर्नेे बताए।

“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु।” उनले भने, “सबै खर्च कटाएर वर्षमा नौ लाख पचास हजारसम्म बचत हुन्छ। माछा उत्पादन तथा बजारीकरणका लागि सरकारले वातावरण मिलाइदिनुपर्ने चौधरीको भनाइ छ।

कमेन्ट लोड गर्नुस