जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई कापी कलम र खेल सामग्री प्रदान
धनगढीः जन्मदिनकाे अवसरमा आफूले अध्ययन गरेकाे विद्यालयमा कापी कलम र खेल सामग्री प्रदान गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ भवने टोलका स्थानीय युवा अमरराज जोशी (गिरी) ले डिलेश्वरि नमुना माध्यमिक विद्यालय हाटमा कक्षा १ देखि १० सम्मका जेहेन्दार विद्यार्थीहरूलाई कापी, कलम र खेल सामग्री उपहार दिएका हुन्।
विद्यालयमा अध्ययनरत ३० जना जेहेन्दार विद्यार्थीलाई जोशीले पाठ्यसामग्री प्रदान गरेका हुन्।
जोशीले छात्र र छात्राका लागि दुई थान भलिबलसमेत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र धनुषेलाई हस्तान्तरण गरेका हुन्। प्रधानाध्यापक धनुषेले जोशीलाई जन्मदिनको उपलक्ष्यमा शुभकामना दिँदै उक्त कार्यको प्रशंसा गरेका थिए।