सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगोलद्वारा कैलारीका हावाहुरी पीडितलाई साढे चार लाख बढी नगद वितरण

२०७६ भदौ १५, ०६:३८ खबर संवाददाता

कैलालीको कैलारी गाउँपालिकास्थित विपद व्यवस्थापन समिति गदरियाले हावाहुरी पीडित परिवारलाई साढे ४ लाख बढी नगद रकम वितरण गरेको छ। सगोल कास्की, पोखराको सहयोगमा सो समितिले आइतबार एक कार्यक्रमको बीच सो गाउँपालिका वडा नम्वर  ९ जमुनीपुरका पीडित परिवारहरुलाई नगद राहत वितरण गरेको हो।

एक सय १५ परिवारमध्ये बढी क्षति गुमाएका ३३ परिवारलाई १४ हजार नगद रुपैयाँको दरले राहत वितरण गरेको सगोलका कैलाली जिल्ला संयोजक रामसमझ चौधरीले जानकारी दिए।

विपद व्यवस्थापन समिति गदरियाका अध्यक्ष जगमा देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद नेपालुु चौधरीले राहत वितरण गरेका थिए। गत जेठ २३ गतेको विनाशकारी हावाहुरीले कैलाली र कञ्चनपुर जिल्लामा ठूलो धनजनको क्षति पु¥याएको थियो। 
 

कमेन्ट लोड गर्नुस