सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट

२०८३ जेठ २०, ०७:४९ खबर संवाददाता

काठमाडौँः नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ।

मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो। जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८४ रन बनाएको थियो।

जितसँगै समूहबाट मलेसियाले पनि छनोट यात्रा तय गरेको छ। समूहमा लगातार दोस्रो हार खेपेको चीन छनोटबाट बाहिरिएको छ। अब समूहको अन्तिम खेलमा नेपाल र मलेसियाबिच बिहीबार प्रतिस्पर्धा हुने छ। नेपालले समूहको आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ। 

कमेन्ट लोड गर्नुस