राष्ट्रियसभाः सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै बैठक अवरुद्ध
काठमाडौँ: राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन्।
बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे।
सांसद कर्णपछि बोल्नुभएका सांसदहरु राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए। आकस्मिक समयपछि सांसदहरुले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाउनु भएको थियो।