सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट २० ग्रामभन्दा बढी हेरोइनसहित तीन जना पक्राउ

२०८३ जेठ १७, ०३:३७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट २० ग्रामभन्दा बढी हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शुक्रबार बिहान कोठामा छापा मारेको थियो। छापाका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ४३ वर्षीय धर्मानन्द भट्ट, उनकी १७ वर्षीया छोरी अस्मिता भट्ट र गोदावरी नगरपालिका–२ का ४४ वर्षीय गोपाल तिमिल्सेना लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला परेका थिए।

तलासी गर्दा उनीहरूले लुकाइछिपाइ राखेको २० ग्राम २४० मिलिग्राम हेरोइनजस्तो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराको नेतृत्वमा लागूऔषधविरुद्ध गरिएको यो पहिलो ठूलाे अपरेसन भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस