सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ

२०८३ जेठ १७, ०६:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चन्देवबाट २३० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बैतडीको पुर्चौडी नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन धानुक र पुनर्वास नगरपालिका–२ मोतिबस्ति बस्ने २२ वर्षीय आशिष साउद रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले से ६ प ७५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस