बझाङमा होटेलको कोठाबाट खैरो हेरोईनसहित २ जना पक्राउ
बझाङः बझाङमा खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्।
बझाङको केदारस्यु गाउँपालिका–९ झोता बजार स्थित अनिल होटेलबाट ८ सय मिलिग्राम खैरो हेरोईनसहित २ जनालाई शुक्रबार रातिप्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र जयपृथ्वी नगरपालिका–१० बस्ने २२ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन्। लागूऔषध सेवन गरिरहेका छन भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी प्रहरी पोष्ट झोता, बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई होटेलको कोठाबाट उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।