कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती मसानघाटबाट १ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरोहेरोइनसहित कैलालीको धनगढी उपमहानगरपालिका–१५ उर्मी बस्ने २४ वर्षीय राम मोहन रानासहित ३ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरीले अमरबस्तीबाट धनगढीतर्फ आउँदै गरेको से ४ प ८९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको हो।