सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि प्रदर्शनमा आउँदै ‘कुम्भ’, प्रचारमा धनगढी पुगे कलाकार टोली

२०८३ जेठ १४, ०६:३० खबर संवाददाता

धनगढीः नेपाली कथानक चलचित्र ‘कुम्भ’ यही जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचारप्रसारका लागि कलाकार रोबर्ट सिंह बडेला धनगढी पुगेका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलाकार बडेलाले चलचित्र ‘कुम्भ’ नेपाल तथा भारतका विभिन्न सहरमा छायांकन गरिएको जानकारी दिए। उनले सम्पूर्ण दर्शकलाई हलमा पुगेर चलचित्र हेर्न आग्रह समेत गरेका छन्।

यसअघि पनि विभिन्न चलचित्रमा अभिनय गरिसकेका बडेलाले ‘कुम्भ’सँग काम गर्दाको अनुभव निकै राम्रो रहेको बताए। उनले चलचित्रमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरे।

चलचित्र ‘कुम्भ’मा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा वरिष्ठ अभिनेता सुनील थापा, रोबर्ट सिंह बडेला, अशोक आर्यन, रोहित रुम्बा, सुशील पोखरेल, अफ्साना थापा तथा आरजे सापकोटा लगायत कलाकारहरूको अभिनय रहेको छ।

रणधीर श्रेष्ठले निर्देशन गरेको यो चलचित्र एक्सन जनरामा निर्माण गरिएको हो। फिल्म नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिएको निर्माण टिमले जनाएको छ।

कमेन्ट लोड गर्नुस