सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक्स्काभेटरको ठक्करबाट उपभोक्ता समितिका अध्यक्षको मृत्यु

२०८३ जेठ १४, ०६:१३ खबर संवाददाता

धनगढीः बैतडीमा जेसीबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहरा रहेका छन्।

बिहीबार बिहान पौने ९ बजेतिर पुर्चौडी–५ स्थित सल्लेलीगाउँ–काटै ग्रामीण सडक निर्माणका क्रममा एक्स्काभेटरको बकेटले ठक्कर दिँदा बोहरा गम्भीर घाइते भएका थिए। घाइते बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको थियो।

उपचारकै क्रममा बिहान ११ः४० बजे डडेल्धुरा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

प्रहरीका अनुसार मृतक बोहरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थिए।

घटनामा संलग्न  एक्स्काभेटर चालक बझाङको बित्थडचीर गाउँपालिका–५ का २५ वर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस