सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीबाट भन्सार छलिका सामान बरामद

२०८३ जेठ १४, ०७:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडाउबाट प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको छ।

बुधबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी २५ हजार ६ सय रुपैयाँ बराबरका चिनी, बिडी, पेय पदार्थ लगायतका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस