धनगढीको एक घरमा आगलागी
२०८३ जेठ १४, ०७:०७
धनगढीः धनगढीको एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने नरेन्द्र भट्टको घरमा बुधबार साँझ आगलागी भएको हो।
आगलागी हुँदा टि.भी, लत्ता कपडा, भाडावर्तन, खद्यान्न लगायतका धनमालहरु जलेर नष्ट भएको छ भने आगलागीबाट भएको क्षतिको विवरण आउन विवरण आउन बाँकि रहेको जिल्ला प्रह्री कार्यालय कैलालीले जनाएको छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस