सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने धनगढीका २० विद्यालय सम्मानित

२०८३ जेठ १३, ०६:५८ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले एसइई–२०८२ मा उत्कृष्ट नतिजा ल्याउने १० सामुदायिक र १० संस्थागत विद्यालयलाई सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको हो।

सामुदायिक विद्यालयतर्फ ३१ विद्यालयका एक हजार ५४८ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये ८११ विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल परीक्षार्थीको ५२.३९ प्रतिशत हो।

सामुदायिक विद्यालयमध्ये सर्वोदय माध्यमिक विद्यालय का ८४.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यसपछि चन्द्रोदय माध्यमिक विद्यालय को ८१.७३ प्रतिशत, त्रिभुवन माध्यमिक विद्यालय को ८१.६३ प्रतिशत, सिद्धनाथ माध्यमिक विद्यालय को ७३.४७ प्रतिशत तथा हसनपुर माध्यमिक विद्यालय का ७०.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यस्तै ठेकराज माध्यमिक विद्यालय को ६६.६७ प्रतिशत, जनता राष्ट्रिय माध्यमिक विद्यालय को ६५.२२ प्रतिशत, बेहडाबाबा माध्यमिक विद्यालय को ६१.९० प्रतिशत, वासुदेवी माध्यमिक विद्यालय को ६०.५३ प्रतिशत तथा शारदा माध्यमिक विद्यालय का ५७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

संस्थागत विद्यालयतर्फ धनगढीका ४६ विद्यालयबाट दुई हजार ७७ विद्यार्थी सहभागी भएकामा एक हजार ६९९ विद्यार्थी अर्थात् ८१.८० प्रतिशत उत्तीर्ण भएका छन्।

संस्थागततर्फ वाल्मीकि इन्टरनेशनल स्कुल, नन्दिनाज एकेडेमी, वेदान्त विद्यापीठ र गुरुकुल एकेडेमी का सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसैगरी जेसीज एभरेस्ट स्कुल को ९८.८५ प्रतिशत, ग्यालेक्सी स्कुल को ९८.६३ प्रतिशत, किङ्गफिसर स्कुल को ९७.७८ प्रतिशत, ग्ली एकेडेमी को ९७.०६ प्रतिशत, डिलाइट स्कुल को ९६.९७ प्रतिशत तथा वेर्स्टन क्रिस्टल एकेडेमी का ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस