तीज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्कने क्रममा जीप दुर्घटनामा परि श्रीमानको मृत्यु
जीप दुर्घटनामा परि रोल्पामा एक जनाको मृत्यु भएको छ। तिज मनाउन श्रीमतीलाई माइत र्पुयाएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको मृत्यु भएको हो। शनिबार श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री र्पुयाएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना हुँदा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो। दुर्घटनालगत्तै स्थानीय र प्रहरी घटनास्थल पुगेका थिए। वर्खायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भए वा नभएकोबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।