सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरबाट ३ जना फरार प्रतिवादी पक्राउ

२०८३ जेठ १३, ०७:०९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले विभिन्न मुद्दाका फरार ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चोरी मुद्दामा ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवाना तोकिएका बेदकोट नगरपालिका–१ हात्तिथला बस्ने २४ वर्षीय मुकेश बोहरा रहेका छन्। त्यसैगरी, अभद्र व्यवहार मुद्दामा १ महिना कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–२ बस्ने ३८ वर्षीय अम्मरबहादुर शाही पनि पक्राउ परेका छन्।

यता जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएका मोहन्याल गाउँपालिका–२ बस्ने २५ वर्षीय प्रेम देवकोटालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडसहितको टोलीले मंगलबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस