सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल्मीकी स्कुलका विद्यार्थीहरूको समर्पण सुधार केन्द्रमा शैक्षिक भ्रमण सम्पन्न

२०८३ जेठ ११, ११:४९ खबर संवाददाता

काठमाडौं:आज समर्पण सुधार केन्द्रमा बाल्मीकी स्कुलका छात्र–छात्राहरूको शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सुधार केन्द्रको कार्यप्रणाली, उपचार पद्धति, उपचार प्रक्रियाहरू तथा पुनर्स्थापनाको यात्राबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

भ्रमणका क्रममा लागू औषध दुरुपयोगबाट कसरी बच्ने, यसको नकारात्मक प्रभाव के–कस्ता हुन्छन् र युवापुस्ताले स्वस्थ तथा सकारात्मक जीवनशैली अपनाउन किन आवश्यक छ भन्ने विषयमा समेत विशेष सचेतनामूलक जानकारी दिइएको केन्द्रले जनाएको छ।

सुधार केन्द्रका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई जीवनमा सही निर्णय लिन, खराब संगत तथा दुर्व्यसनबाट टाढा रहन र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरेका थिए।

विद्यालयका शिक्षकहरूले यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूमा सकारात्मक सोच, सामाजिक सचेतना तथा जिम्मेवार व्यवहार विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

समर्पण सुधार केन्द्रले आगामी दिनमा पनि युवापुस्तामाझ लागू औषध दुरुपयोगविरुद्ध सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस