टीकापुर र दोधारा चाँदनीबाट लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलालीको टीकापुर र कञ्चनपुरको दोधारा चाँदनीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–९ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोईन ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय संजय बिश्वकर्मालाई आइतवार विहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित बिश्वकर्मालाई पक्राउ गरेको जनाएको छ।
यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन ३५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २३ वर्षीय आशिष शाही र १९ वर्षीय ओम प्रकाश खत्री रहेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले दुबै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ।