सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३ जेठ ८, ०८:२१ खबर संवाददाता

बाजुराः चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाजुरा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बाजुराको २०८० माघ ८ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना १० दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बुढीगंगा नगरपालिका–६ बस्ने १९ वर्षीय राजेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो बडिमालिका नगरपालिका–९ मार्तडी बजार क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस