कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना नियन्त्रणमा
कञ्चनपुरः लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आज मिति २०८३ साल जेठ ६ गते बिहान करिब ११ः२० बजे कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ पशुपति टोल क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका भीमदत्त नगरपालिका–४ भगतपुर निवासी विद्यान बिष्ट र सोही स्थानका सुमित चौधरीलाई खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा उनीहरूले लुकाइछिपाई राखेको शुद्ध तौल गर्दा ४ ग्राम ६८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।