धनगढीमा भन्सार छलीका सुर्तीजन्य सामग्री बरामद
कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सुर्तीजन्य सामग्री बरामद गरेको छ।
अस्थायी प्रहरी पोस्ट मनेहराबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रबार बेवारिसे अवस्थामा रहेको अन्दाजी ४४ हजार २४० रुपैयाँ बराबरको सुर्ती, गुट्खालगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त सामग्री अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।