सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा खानेपानी संस्थाका नवनिर्वाचित पदाधिकारीको पदस्थापन सम्पन्न

२०८३ वैशाख ३१, ०२:३८ खबर संवाददाता

अत्तरिया: अत्तरियास्थित साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा सपथ ग्रहण सम्पन्न भएको छ।

बिहीबार संस्थाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको हो। गत वैशाख २६ गते सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको थियो।

निर्वाचनबाट अध्यक्षमा राजेन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्रनाथ योगी निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा रमेश कडायत, धर्मराज भट्ट, खिमादेवी ओझा, चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद र राधा विष्ट कुँवर निर्वाचित भएका छन्।

कार्यक्रममा तुलसी देवकोटा ले नयाँ कार्यसमितिमा युवाको सहभागिता उत्साहजनक रहेको बताउँदै स्वच्छ खानेपानी सबै नागरिकको मौलिक अधिकार भएकाले त्यसतर्फ नयाँ नेतृत्वले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी अध्यक्ष खड्काले पदभार ग्रहणसँगै संस्थाका चुनौतीहरू समाधान गर्न प्रतिबद्ध रहेको बताउँदै निर्वाचनका क्रममा प्रस्तुत प्रतिबद्धता कार्यान्वयनमा आफू केन्द्रित रहने जानकारी दिनुभयो। उहाँले खानेपानीको बढ्दो मागलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
 

कमेन्ट लोड गर्नुस