प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु
काठमाडौँ: सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ ।
आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरे। तत्पश्चात् नेपाली कांग्रेस, नेकपा (एमाले) र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो।
बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ। यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीन/तीन मिनेट बोल्न समय दिइएको छ।