सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारकर्मीसँग छलफल गर्दै संविधान संशोधन कार्यदल

२०८३ वैशाख २८, १२:३० खबर संवाददाता

काठमाडौँ: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ।    
    
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहाकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो ४ः०० बजे परामर्श र छलफल गर्न लागेको हो। 

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरुबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कल्न गरिने जानकारी दिए। 

कमेन्ट लोड गर्नुस