सुदूर नेपाललाई विश्वसँग जोड्दै

उदयदेव सहकारीद्वारा शिवपुरी धाममा सरसफाई कार्यक्रम सम्पन्न

२०८३ वैशाख २६, ०२:१२ खबर संवाददाता

धनगढी: उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र धनगढीले संस्थाको २८औँ स्थापना दिवसको अवसरमा शनिबार धनगढीमा एकदिने सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाम मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा संस्थाका शेयर सदस्य तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। धार्मिक तथा सार्वजनिक स्थलको सरसफाई गर्दै वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

संस्थाले विगतका वर्षहरूमा पनि आर्थिक कारोबारमा मात्रै सीमित नरही सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। केही दिनअघि मात्रै संस्थाको अत्तरिया सेवा केन्द्रमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

सहकारीले आगामी दिनहरूमा पनि सामाजिक तथा सामुदायिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस