सुदूर नेपाललाई विश्वसँग जोड्दै

गगन थापा धनगढीमा: सुदूरपश्चिम कांग्रेस भेलाको उद्घाटन

२०८३ वैशाख २६, ०२:०८ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसका सभापति गगन थापा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई उद्घाटन गर्न धनगढी बिमानस्थलमा पुगेका छन्। उनलाई धनगढी बिमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, पार्टीका सहमहामन्त्री प्रकाश स्नेहीसहितका नेताहरू र कार्यकर्ताले स्वागत गरेका थिए।

विशेष महाधिवेशनपछि कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला आयोजना गर्दै आएको छ। सुदूरपश्चिमस्तरीय भेला भोलि आइतबारसम्म सञ्चालन हुनेछ। भेलाको आज दिउँसो १ बजे उद्घाटन हुने छ।

भेलालाई सम्बोधन गर्न उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरु घिमिरेसहितका नेताहरू शुक्रबार नै धनगढी आइसकेका छन्।

कमेन्ट लोड गर्नुस