सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्याय सम्पादनलाई छरितो बनाउन प्रदेश प्रमुखको सुझाव

२०८३ वैशाख २६, ०८:१२ खबर संवाददाता

कैलाली: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले न्याय सम्पादनलाई छिटोछरितो बनाउनुपर्ने बताएका छन्।

मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले न्याय सम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा समस्या हुने गरेको बताएका थिए । उनले मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीको कामप्रति पनि प्रशंसा गरेका थिए। सीमित स्रोत–साधनकाबीच पनि कार्यसम्पादनमा लागिरहेको भन्दै प्रदेश प्रमुख मियाँले मुख्य न्यायाधिवक्तासहित सम्पूर्ण टोलीलाई अझै उच्च मनोबलसहित काम गर्न सुझाव दिएका थिए।

प्रदेश प्रमुखज्यूलाई आर्थिक वर्ष २०८१्÷०८२ को प्रतिवेदन मुख्य न्यायाधिवक्ता जोशीले हस्तान्तरण गरेका थिए। प्रतिवेदन हस्तान्तरण गर्दै उनले गत आर्थिक वर्षमा आफूहरूले गरेका कामहरूको जानकारी प्रदेश प्रमुखलाई गराएका थिए। उनले सर्वोच्च, उच्च तथा जिल्ला अदालतहरूमा गरेको बहस पैरवी, जिल्लाका विद्यार्थीहरूलाई दिइएको कानुनी साक्षरता र सचेतना, कारागार अनुगमन, अन्य प्रदेशबाट सिकिएका असल अभ्यास तथा स्थानीय तहका न्यायिक समितिहरूबारे गरिएको प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रमबारे जानकारी गराएका थिए।

मुख्य न्यायाधिवक्ता जोशीले प्रतिवेदनमार्फत ८ बुँदे सुझावहरू पनि दिएका थिए। समस्यासँगै दिइएका सुझावहरू सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सभामा पठाइने र त्यसमा विस्तृत छलफल हुने बताएका थिए।

कमेन्ट लोड गर्नुस